कोशीका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

Friday August 18, 2023

पढ्न लाग्ने समय :


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते विश्वासको मत लिने भएका छन् । उनले ४ गते विश्वासको मत लिन कोसी प्रदेश सभाको सचिवालयमा शुक्रबार सूचना दर्ता गराएका छन् ।

मुख्यमन्त्री थापाले ३ गते विश्वासको मत लिने गरि सूचना दर्ता गरेपनि उपसभामुख सिर्जना दनुवारले ४ गतेका लागि तोकेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि त्यसको सूचना प्रदेश सभा सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान छ । र सूचना अनुसार सभामुखले दिन तोक्ने कानुनी व्यवस्था रहेको छ ।


भर्खर

बाजुराको खप्तड छेडेदह–६ का वडाध्यक्षको निधन

बाजुरा : खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको उमेरमा बुधबार राति निधन

‘रामराज्यको चाहना राख्नेहरूले पनि नैतिक साहस देखाउनुपर्छ’

काठमाडौं : गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङले आफ्नोतर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको बताएका छन्

प्रदेश र स्थानीय तहको निर्वाचन तत्काल गर्न मुख्यमन्त्री शाहको माग

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश र स्थानीय तहको निर्वाचन तत्काल गर्न माग