कोरियामा अब बिमानमा चढनु अघि यात्रुहरूको तौल गराउनु पर्ने

Saturday August 26, 2023

पढ्न लाग्ने समय :


सियोल । हवाई यात्राले संसारको एक ठाउँबाट अर्को ठाउँमा जान सजिलो बनाएको छ ।

अहिलेसम्म हवाई यात्रामा आफ्नो सामान तौल्नुपर्थ्यो तर अब यात्रुलाई तौलने तयारी पनि सुरु भएको छ ।

यो नयाँ आदेश सुने पछि जो कोही पनि छक्क परेका छन् । यस्तो अवस्थामा यो निर्णय कहाँ लिइएको हो र यसको कारण के हो थाहा पाउनुहोस् ।

दक्षिण कोरियाको सबैभन्दा ठूलो एयरलाइन कोरियन एयरले विमानमा चढ्नुअघि यात्रुको तौल लिने बताएको छ। कोरियन एयरलाइन्सले उडान सुरक्षाका लागि यात्रुको औषत तौल र साथमा रहेको सामान नाप्ने बताएको छ ।

जुन महिनामा न्युजिल्याण्डमा एयर न्युजिल्याण्डबाट यात्रा गर्ने १० हजारभन्दा बढी यात्रुले पनि उडान अघि आफ्नो तौल नाप्नु परेको थियो ।

डेली मेलका अनुसार राजधानी सियोलका दुई ठूला एयरपोर्टबाट उडान भर्ने यात्रुहरूले त्यहाँ राखिएको डिजिटल स्केलमा आफ्नो तौल रेकर्ड गर्नु पर्नेछ। सरकारले उडान सञ्चालनको सुरक्षाका लागि यो निकै महत्वपूर्ण भएको बताएको छ ।

दक्षिण कोरियाको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयले सबै कोरियाली वायुसेवा कम्पनीहरूलाई आफ्नो ‘विमानको तौल र सन्तुलन व्यवस्थापन मापदण्ड’ अद्यावधिक गर्न आग्रह गरेको छ। उडान सञ्चालनका लागि आवश्यक रहेको मन्त्रालयको भनाइ छ ।

कोरियन एयरले नयाँ नियमहरूको पालना गर्छ र सुरक्षाप्रति प्रतिबद्ध छ। यात्रुको सुरक्षा नै आफ्नो सबैभन्दा ठूलो प्राथमिकता रहेको एयरलाइन्सको विश्वास छ ।

नयाँ नियमहरू अगस्ट २८ देखि जिम्पो एयरपोर्टमा लागू हुनेछन् भने इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलमा सेप्टेम्बर ८ देखि लागू हुनेछन् ।

सरकारको यो निर्णयका कारण जनताको गोपनियतामा खतरा बढेको छ । सबैको बीचमा यसरी आफ्नो तौल दिनु उचित नभएको मानिसहरु बताउँछन् ।

एयरलाइन्सले यात्रुको गोपनियताको पूर्ण ख्याल राख्ने बताएको छ । यात्रुको तौलका आधारमा प्राप्त तथ्यांकलाई सर्वेक्षणका लागि प्रयोग गरिने बताइएको छ ।

जसको तौल बढी हुन्छ, त्यसले बढी पैसा तिर्नुपर्छ भन्ने होइन ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ