कैलाली–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका चन्द ३७ सय मतले अगाडि

Friday March 6, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्दबहादुर चन्द ३७ सय मतले अगाडि गएका छन। चन्द नेपाली काँग्रेस उम्मेदवार नरनारायण शाह भन्दा तीन हजार सात सय २५ मतले अगाडि गएका छन।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा १२ हजार चार सय १० मत गणना गरिएकोमा छ हजार ७३ मत चन्दले पाएका छन। काँग्रेसका उम्मेदवार शाहले २ हजार तीन सय ४८ मत पाएका छन्।

नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुङ्गानाको एक हजार पाँच सय २० मत र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेम आलेको एक हजार २ सय १८ मत रहेको छ। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन शाहीले ३०५ मत र स्वतन्त्र उम्मेदवार प्यारे लाल रानाले १४० मत प्राप्त गरेका छन्।

कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा १२ हजार चार सय १० मत गणना गरिएको छ। हालसम्म ११ हजार आठ सय तीन मत सदर भएका छन्। हालसम्म छ सय सात मत बदर भएका छन्। सुरुवाती चरणदेखि नै घण्टी चुनाव चिह्न भएका आनन्द बहादुर चन्दले बलियो पकड जमाएका छन्।

कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा ६५ हजार नौ सय ६३ मत खसेको छ। यो क्षेत्रमा एक लाख १० हजार पाँच सय ३९ मतदाता रहेका छन्।

 


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको