कैलाली-५ः राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्द बहादुर चन्दको फराकिलो अग्रता

Friday March 6, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधि सभा सदस्य निर्वाचनको पछिल्लो मतगणना विवरण सार्वजनिक भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्द बहादुर चन्दले अन्य प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै फराकिलो अग्रता कायम गरेका छन। उनको चार हजार दुई सय ९८ मत रहेको छ। नेपाली काँग्रेस उम्मेदवार नर नारायण शाहको एक हजार छ सय १८ मत, नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुङ्गानाको एक हजार तीन सय ३७ मत र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेम आलेको नौ सय नौ मत रहेको छ। आले चौथो स्थानमा छन। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन शाहीले २२९ मत र स्वतन्त्र उम्मेदवार प्यारे लाल रानाले १११ मत प्राप्त गरेका छन्।

कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा नौ हजार एक सय ३६ मत गणना गरिएको छ। हालसम्म आठ हजार छ सय ३५ मत सदर भएका छन्। हालसम्म पाँच सय एक मत बदर भएका छन्।

सुरुवाती चरणदेखि नै घण्टी चुनाव चिह्न भएका आनन्द बहादुर चन्दले बलियो पकड जमाएका छन्। नेपाली काँग्रेस र एमालेका उम्मेदवारहरू बीच दोस्रो र तेस्रो स्थानका लागि प्रतिस्पर्धा भइरहेको छ। मतगणना कार्य जारी रहेको छ।

अन्तिम परिणाम आउन अझै समय लाग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा ६५ हजार नौ सय ६३ मत खसेको छ। यो क्षेत्रमा एक लाख १० हजार पाँच सय ३९ मतदाता रहेका छन्।

 


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको