कैलालीमा स्कुलबाट बेपत्ता भएकी बालिका मृत फेला

Wednesday July 1, 2026

पढ्न लाग्ने समय :


धनगढीः कैलालीको लम्कीचुहामा विद्यालयबाट निर्धारित समय अगावै छुटेकी एक बालिका मङ्गलवार बेपत्ता भएकोमा बुधवार मृत फेला परेकी छन्। लम्कीचुहा नगरपालिका–१ स्थित जनचेतना प्राथमिक विद्यालयमा नर्सरीमा अध्ययनरत ६ वर्षीया मनिषा विक बुधवार बिहान १०ः४० मा मृत फेला परेकी हुन्।
वडा नम्बर ४ निवासी मनिषालाई मङ्गलवार बिहान करिब ७ बजे उनकी हजुरआमाले विद्यालय पुर्‍याएकी थिइन्। विद्यालयको नियमित बिदा समय ११ बजे भए पनि मंगलबार भने ९ बजे नै बिदा भएको थियो। हजुरआमा ११ बजे मात्र विद्यालय लिन आउँदा मनिषा विद्यालयमा थिइनन्।
बालिका बेपत्ता भएपछि खोजी कार्य तीव्र पारिएको थियो। बुधवार प्रहरी र स्थानीयले खोजतालास गर्ने क्रममा लाम्कीचुहा(५ चौरीस्थित रोरा खोला किनारमा मनिषाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनले जनाकारी दिए।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको