कैलालीमा प्रहरीको हिरासतबाट थुनुवा फरार

Tuesday July 7, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट लागूऔषध मुद्दाका एक थुनुवा फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार टीकापुर–१ का ३१ वर्षीय संजय नगार्जी आइतबार राति पानी खाने बहानामा ड्युटीमा रहेका प्रहरीलाई धकेल्दै हिरासतबाट फरार भएका हुन्।

उनी असार ९ गते लागूऔषध मुद्दामा पक्राउ परेका थिए। फरार थुनुवाको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।


भर्खर

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ। कर्णालीका सहायक नदीअन्तर्गत

सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक