कैलालीमा खडेरीले नदीनाला सुके

Wednesday June 24, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीका नदीनाला लामो समयसम्म पानी नपरेपछि सुक्न थालेका छन् । जिल्लाको भजनी क्षेत्रमा बर्सेनि बाढी, डुबानले सयौँ परिवारलाई विस्थापित बनाउने कान्द्रा, काँढा नदी अहिले पूर्ण रूपमा सुकिसकेका छन् । यसै गरी कैलारी गाउँपालिकाको विभिन्न क्षेत्रमा डुबान समस्या निम्त्याउँदै आएको कटैनी नदी पनि पूर्ण रूपमा सुकेको छ । वनक्षेत्रमा रहेका विभिन्न तालतलैयामा पनि न्यून मात्रामा मात्र पानी छ ।

त्यस्तै घुरहा र खुटिया नदीसहित वर्षभरि नै धेरै पानी बग्ने मोहना नदी पनि सुक्ने अवस्थामा पुगेको छ । विगत वर्षमा सुक्खायाममा विभिन्न नदी सुक्ने अवस्थामा पुगे पनि यो वर्षको जस्तो पूरै नसुकेको टीकापुर नगरपालिका–७, बैदीका भोजराज ढुङ्गानाले बताए ।

उनका अनुसार यो वर्ष लामो समयसम्म सुक्खा भएकोले नदीमा पानी सुकेको हो । उनले भने, “पानीका मूल नै सुकेकाले नदी सुकेका छन् । रानीजमरा कुलरिया सिँचाइ आयोजनाको पानी झारिएका कारण पथरैया नदीमा भने पानी केही बढेको देखिन्छ ।’’ नदीनाला सुकेपछि किसानलाई सिँचाइ गर्न समस्या भएको छ । कान्द्रा नदी पूरै सुकेकाले भूमिगत जलस्रोतको पानीबाट मात्रै सिँचाइ गर्नु परेको भजनी नगरपालिकास्थित लालबोझीका कृषक खोजराम चौधरीले बताए । उनले बोरिङमा अझै पानी आइरहेकाले नदी सुके पनि काम ठप्प हुने अवस्था नरहेको उल्लेख गर्दै गरे, “तर त्यति सहज छैन । डिजेल धेरै खर्च हुन्छ ।”

किसानका अनुसार भूमिगत जलस्रोतको पानीको तुलनामा नदीनालाको खुल्ला पानी तानेर खेतीपाती सिँचाइ गर्न सहज हुने गर्दछ तर यस वर्ष नदीनाला नै सुकेकाले भूमिगत पानीमा मात्रै निर्भर रहनु परेको छ ।


भर्खर

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ। कर्णालीका सहायक नदीअन्तर्गत

सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक