कैलालीमा करिब ५७ लाखको अवैध सामान बरामद

Thursday September 18, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, असोज २ गते । कैलालीका दुई स्थानबाट भन्सार छलरेर भित्राएको करिब ५७ लाख मूल्यको सामान बरामद भएको छ । कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी र टीकापुरमा बुधबार ५६ लाख ८३ हजार भन्दा बढीको सामान बेवारिसे अवस्थामा सामान फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र धनगढी वडा प्रहरी कार्यालयको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका–४ स्थित धनगढी लजेस्टिक ट्रान्सपोर्टमा राखेको अवस्थामा ५४ लाख ५० हजारको सामान फेला परेको थियो । त्यस्तै, ईलाका प्रहरी कार्यालय टीकापुरको टोलीले टीकापुर नगरपालिका– ९ भैयावाडा नहर नजिक दुई लाख ३३ हजार मूल्यको सामान बरामद भएको थियो ।

दुवै स्थानबाट १५ हजार थान एयरफोन, एक हजार १५० थान एयरबड, साढे चार सय थान स्मार्ट घडी, ८० थान पावर बैंक, साढे दुई सय थान पेनड्राइभ, रेडिमेड कपडा लगायतका ठूलो परिमाणमा सामान भेटिएको प्रहरीले जनाएको छ ।

 


भर्खर

जुवातास खेलिरहेका ९ जना पक्राउ

धनगढी: बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित प्रकाश बिकको घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्याे फिफा विश्वकपको उपाधि

काठमाडौं : अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित

धनगढीमा सफ्टवेयरमार्फत अवैध मुद्रा कारोबार गर्ने गिरोहका दुई भारतीयसहित ९ जना नियन्त्रणमा

धनगढी:  कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका–४ स्थित एक फ्ल्याटबाट सफ्टवेयरमार्फत अवैध मुद्रा कारोबार (हुण्डी) सञ्चालन गरिरहेको