कैलालीमा एक किशोरीमाथि सामूहिक करणी

Sunday June 7, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–१६ बेहडाबाबाकी १८ वर्षीया किशोरीमाथि सामूहिक जबर्जस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
पीडित किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले धनगढी उपमहानगरपालिका–१६ निवासी २१ वर्षीय प्रदीप चन्द, १७ वर्षीय पारस ऐडी र १६ वर्षीय विशाल बुढालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाका अनुसार गत जेठ २१ गते राति ती तीन जनाले किशोरीलाई खेतबारी क्षेत्रमा लगेर जबर्जस्ती करणी गरेको आरोप लागेको छ। घटनापछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दर्ता गराएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो।
जेठ २४ गते अपराह्न ३ बजे अस्थायी प्रहरी पोस्ट बेहडाबाबाबाट प्रहरी नायब निरीक्षक चरण सिंह बुढाथापाको कमाण्डमा खटिएको टोलीले आरोपित तीनै जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ ।
डिएसपी तिमिल्सिनाले अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। यस्तै पीडित किशोरीको सेती प्रादेशिक अस्पताल धनगढीमा स्वास्थ्य परीक्षण गराई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।


भर्खर

कैलालीको स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त

काठमाडौँः कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको छ। सिफारिस

भारी वर्षाको पूर्वानुमान

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर

अछाममा युवतीमाथि करणी, एक युवक पक्राउ

धनगढी :अछाममा १७ वर्षीया युुवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ ।