कैलालीको वनमा निर्माण गरिएका संरचनामा वन कार्यालयको डोजर

Saturday June 13, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीका वनमा निर्माण गरिएका संरचनाहरूमा डिभिजन वन कार्यालयले डोजर चलाएको छ। जिल्लाको गोदावरी नगरपालिका– ४ गोदावरीमा भीमदत्त राजमार्ग क्षेत्र र वन अतिक्रमण गरी बनाईएका संरचनामा डिभिजन वन कार्यालय धनगढीले डोजर चलाएको हो । यसअघि पनि सो क्षेत्रका संरचनाहरूमा डोजर चलाएको डिभिजन वन कार्यालयले शुक्रवार बाँकी रहेका अन्य संरचनाहरुमा डोजर चलाएको हो ।

शुक्रवार गोदावरीको सालिनि बाटिका क्षेत्रमा रहेका संरचना र गोदावरी पुल आसपास रहेका संरचनाहरु भत्काईएको डिभिजन वन कार्यालय कैलालीले जनाएको छ । डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामबिचारी ठाकुरले पटक पटक सचेत गराउँदा पनि नमानेपछि वन क्षेत्र अतिक्रमित गरी बनाईएका संरचनामा डोजर चलाईएको बताए ।


भर्खर

मदिराको नसामा शिक्षकद्वारा श्रीमतीको हत्या

डोटीमा मदिराको नशामा रहेका एक शिक्षकले आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेका छन्। घटनामा संलग्न

सामाजिक सञ्जालमा धार्मिक आस्थामा असर पर्ने सामग्री पोस्ट गर्ने युवक पक्राउ

सुर्खेत — सामाजिक सञ्जालमार्फत आम नागरिकमा भ्रम फैलाउने तथा धार्मिक आस्थाप्रति असर पर्ने खालका भिडियो र

कैलाली घर भएका सशस्त्र प्रहरीका हवल्दार ब्यारेकमै मृत भेटिए

बाँकेको नरैनापुर–४ स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, ब्यारेकमा एक हवल्दार मृत भेटिएका छन्