कैलालीको गेटामा स्कुटर अनियन्त्रित हुँदा एकको मृत्यु

Thursday April 9, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको गेटामा स्कुटर अनियन्त्रित हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ५ गेटाको मनहरा पुल नजिक स्कुटर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको हो।

नेपाल प्रहरीका अनुसार धनगढी–अत्तरिया ६ लेन सडकमा दुर्घटना हुँदा धनगढीका ओम प्रकाश मल्लको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश ०१–०१२ प ८४०२ नम्बरको स्कुटर दुर्घटना हुँदा मल्लको मृत्यु भएको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का ४५ वर्षीय मल्लको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। घटनाको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

 


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको