कैलालीकाे निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाकी नेतृ कोमल ज्ञवाली विजयी

Saturday March 7, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ कोमल ज्ञवाली विजयी भएकी छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीलाई झण्डै पाँच हजार मतले पराजित गर्दै विजयी भएकी हुन् ।

ज्ञवाली १७ हजार ८६२ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी चौधरीले १२ हजार ८६७ मत ल्याएका छन् ।

निर्वाचन आयोगका अनुसार कैलाली–१ मा नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौराले आठ हजार ३९२ मत पाएका छन् ।यस्तै चौथो भएका नेकपा एमालेका उम्मेदवार द्वारिकलाल न्यौपानेको पक्षमाचार हजार ४९३ मत आएको छ ।प्रतिनिधि सभा निर्वाचन २०७९ मा कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ विजयी भएकी थिइन् ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको