कार्की मन्त्रीमण्डल विस्तार ।

Monday September 15, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
काठमाडौं भदौ ३० गते ।

प्रधानमन्त्री सुशीला कार्कीले पहिलो पटक मन्त्रीमण्डल विस्तार गरेकी छिन् । शुक्रबार प्रधानमन्त्रीमा नियुक्त कार्कीले नियुक्त गरेका तीन जना मन्त्रीहरुले सोमबार मध्यान्ह सपथ ग्रहण गरेका छन् ।

सोमबार राष्ट्रपति भवन शितल निवासमा आयोजित सपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीत्रय ओमप्रकाश अर्याल, रामेश्वर खनाल र कुलमान घिसिङलाई पद तथा गोपनियताको सपथ ग्रहण गराए ।

प्रधानमन्त्री कार्कीले आइतबार पदभार ग्रहणपछि अधिवक्ता अर्याल, नेपाल सरकारका पूर्व सचिव खनाल र नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख घिसिङ मन्त्री नियुक्त गरेकी थिइन् ।

अर्याललाई गृहका साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, खनाललाई अर्थ मन्त्रालय र घिसिङलाई भौतिक पूर्वाधार तथा निर्माण, ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहकारी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको