कांग्रेस कैलाली कार्यालयमा तालाबन्दी

Friday May 15, 2026

पढ्न लाग्ने समय :


धनगढीः नेपाली कांग्रेस कैलालीको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।
पार्टी केन्द्रीय समितिले जेठ १२ गतेभित्र क्रियाशील सदस्यता अद्यावधिक गर्नुपर्ने निर्णय गरेसँगै ताला लगाइएको हो । यसअघि बिहीबार बसेको कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले सदस्यता वितरण, नवीकरण र अद्यावधिक प्रक्रिया जेठ २१ गतेभित्र सम्पन्न गर्नुपर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै शेरबहादुर देउवा समूहका नेताहरूले विरोध जनाएको बताइएको छ ।
धनगढीस्थित पार्टी कार्यालयमा वडा तथा क्षेत्रीय सभापतिसहितका नेता–कार्यकर्ता भेला भएका थिए । कार्यालयको मूल गेट र कार्यकक्षमा ताला लगाइएपछि केही कार्यकर्ता सिँढी प्रयोग गरी भित्र प्रवेश गरे पनि अधिकांश कोठा बन्द भएकाले कामकाज प्रभावित भएको छ ।
कार्यालय बन्द भएपछि सदस्यता नवीकरण, नयाँ सदस्यता दर्ता तथा अन्य संगठनात्मक गतिविधि ठप्प भएको छ । यस घटनापछि कार्यकर्तामाझ अन्योल र असन्तुष्टि बढेको छ ।
पार्टीभित्रको आन्तरिक विवादका कारण संगठन विस्तारको महत्वपूर्ण समयमा उत्पन्न यो अवस्थाले नेपाली कांग्रेस कैलालीको एकतामाथि प्रश्न उठेको नेताहरूले बताएका छन्।


भर्खर

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ। कर्णालीका सहायक नदीअन्तर्गत

सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक