कांग्रेसलाईं स्वर्णिमको प्रश्न: गृहमन्त्री हुँदा खोजिने नैतिकता, प्रधानमन्त्री अफर गर्दा पनि खोजिनुपर्ने होइन् ?

Wednesday March 13, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । राष्ट्रिय स्वतन्त्रता पार्टीका उपसभापति तथा प्रतिनिधि सभाका सदस्य डा स्वर्णिम वाग्लेले रास्वपा केही गरौं भनेर सरकारमा गएको र काम गर्न नसकेको दिन सरकारबाट बाहिरिने दाबी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनका लागि डाकिएको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनको सो कुरा बताएका हुन् । वाग्लेले प्रधानमन्त्री प्रचण्डको लिगेसीलाई साथ लिन रास्वपा सरकारमा गएको पनि प्रष्ट पारेका छन् ।

‘तीन महिनाअघि पनि उहाँको कुर्सी हल्लिएको थिएन। एक हप्ताअघि पनि उहाँको कुर्सी हल्लिएको थिएन। त्यसैले अस्थिरता र बेइमानीजस्ता भास्यभन्दा माथि उठे‍र हामीले उहाँको बेचैनीको जरैसम्म पुग्न खोज्यौं भने मलाई लाग्छ हामीले उहाँलाई न्याय गर्छौं,’ वाग्लेले भने, ‘ब्याज खाएर होइन, कुर्सी ओगटेर होइन, कामै गरेर राष्ट्र हितका सवालमा प्रधानमन्त्रीज्यूको आफ्नो लेगेसीलाई दरिलो बनाउने चाहना र फराकिलो बनाउने प्रयासमा रास्वपाले जोखिम मोलेरै साथ दिएको छ।’

फरक प्रसंगमा वाग्लेले रास्वपाका मन्त्रीहरुको बारेमा उठेको प्रश्न कामले उत्तर दिने बताउँदै प्रधानमन्त्रीको अफर गर्दा कुनैपनि योग्यता नचाहिँने हो भन्दै प्रश्न गरेका छन् । सत्ता समीकरण परिवर्तन हुनेबेलामा नेपाली कांग्रेसले रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको थियो । तर, रास्वपाले उक्त प्रस्ताव अस्वीकार गरेको थियो ।

प्रधानमन्त्रीको पद अस्वीकार गरेको रास्वपाका सभापति लामिछाने प्रचण्ड सरकारमा उपप्रधानसहित गृहमन्त्री छन् । सहकारी ठगी प्रकरणमा नाम मुछिएका उनलाई गृहमन्त्री बनाएको भन्दै नेपाली कांग्रेसले संसद्मा प्रश्न उठाएको थियो ।

त्यसो जवाफमा वाग्लेले भने, ‘गृहमन्त्री हुँदा खोजिने नैतिकता, प्रधानमन्त्री अफर गर्दा पनि खोजिनुपर्ने हो । यहाँ भागीभागी हिँड्नुपरेको छ, च्याप्प सम्मातेर प्रधानमन्त्री र उपप्रधानमन्त्री बनाइदेलान् भन्ने डर छ । कांग्रेसका साथीहरुलाई थाहा छ, म प्रमाणविना बोल्दिनँ भन्ने कुरा । हेक्का रहोस्, कांग्रेसले अफर गरेको छैन भने सक्कली कांग्रेस र नक्कली कांग्रेस खोज्दै हिँड्ने कुरा पनि भएन !’

रास्वपा चार मन्त्रीसहित अहिलेको सरकारमा सहभागी छ।


भर्खर

धनगढीमा गाँजासहित पाँच जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर

कञ्चनपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनगढी : कञ्चनपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा युवकको मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदनी

युएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ : दीपेन्द्रसिंह ऐरीको शतकसँगै नेपालले आइसिसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई) माथि