करिव नौ किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ

Saturday October 5, 2024

पढ्न लाग्ने समय :


आठ किलो ८ सय ग्राम सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख विश्वराज खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । विशेष सूचनाका आधारमा शनिवार बिहान पूर्वपश्चिम सडकखण्ड अन्तर्गत पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई चेकजाँच गर्ने क्रममा बिल बिजक नभएकोे ८ किलो २ सय ४३ ग्राम ९७० मिलिग्राम सुन बरामत गरेको प्रहरी उपरिक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।

बरामद गरिएको सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८ सय ७८ रुपैयाँ रहेको छ । पक्राउ पर्नेहरुमा स्कुटर चालक भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने अन्दाजी वर्ष २५ का अभिषेक अजिनाथ कुटी र सोही स्कुटरमा पछाडी सवार भारत महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने अन्दाजी वर्ष २७ को राहुल भिट्टिहाल रहेको प्रहरीले जनाएको छ । प्रहरीले सुनसहित पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउनेछ ।


भर्खर

नेपाल–भारत संयुक्त सुरक्षा बैठक, सीमामा कडाइ

धनगढीः नेपाल–भारत संयुक्त सुरक्षा बैठक बसेको छ। गौरीफन्टा लगायतका सीमा क्षेत्रमा कडाइएका लागि बैठकको आयोजना

डडेल्धुरामा सवारीचालक अनुमति सेवा बन्द

डडेलधुरा : करिब तीन वर्षअघिदेखि डडेलधुरामा सुरु भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स सेवा) बन्द भएको छ

कञ्चनपुरमा करणीको अभियोगमा एक जना पक्राउ

कञ्चनपुरः जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरका एक जना पक्राउ परेका छन्। ५० वर्षीया महिलालाई जबरजस्ती