कञ्चनपुरमा ७१ जना फरार कैदीबन्दी पक्राउ

Thursday July 9, 2026

पढ्न लाग्ने समय :


महेन्द्रनगर : कञ्चनपुर प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई तिव्रता दिएको छ ।

अदालतबाट कैद सजायका साथै जरिवाना तोकिएर फरार रहेका विभिन्न मुद्दाका फरार अभियुक्तलाई पक्राउ गर्न प्रहरीले जिल्लाभर विशेष सक्रियता बढाएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले गत वैशाख यता हालसम्म ७१ जना फरार अभियुक्तलाई पक्राउ गरी अदालत पेस गरिएको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँ गत वैशाखमा ३४ जना, जेठमा १४ र असारको हालसम्म २३ जना फरार अभियुक्त पक्राउ परेका छन् ।

“ज्यान मार्ने उद्योग, कर्तव्य ज्यानदेखि लागुऔषध मुद्दाका फरार अभियुक्त पक्राउ गर्ने क्रम निरन्तर छ”, प्रवक्ता रावतले भने, “कैद सजाय तोकिएका अभियुक्तहरू अदालत हुँदै कारागार चलान भइरहेका छन् ।” फरार अभियुक्त पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएका छन् ।

“अदालत र प्रशासन कार्यालयबाट फरार अभियुक्तको लिस्ट मागेर हामी खोजी कार्यमा जुटेका छौँ”, उनले भने, “अपराध गरेर फरार रहेपनि कारबाहीको दायरामा ल्याउन प्रहरी सक्रिय रहन्छ ।” रासस


भर्खर

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ। कर्णालीका सहायक नदीअन्तर्गत

सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक