कञ्चनपुरमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

Friday April 10, 2026

पढ्न लाग्ने समय :


धनगढी : कञ्चनपुरमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–१ कुमगडा स्थित भित्री कच्ची सडक खण्डमा भएको जिप दुर्घटनामा चालकसहित तीन जनाको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बस्ने २४ वर्षीय अर्जुन साउदको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या तीन पुगेको हो। साउदको उपचारको क्रममा निसर्ग अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घाईते ५ जनाको निसर्ग अस्पताल धनगढीमै उपचार भईरहेको प्रहरीले जनाएको छ।

बिहिवार साँझ पहरीया–कुमगडा सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको से १ ज २९० नम्बरको जिप अनियन्त्रित भई करिब ५०–६० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको थियो। दुर्घटनामा कृष्णपुर नगरपालिका–१ का अन्दाजी ६० वर्षीय नन्दराम पार्की र ६२ वर्षीया कलावती देवी बोहरा रहेको घटनास्थलमै मृत्यु भएको थियो।

 


भर्खर

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ। कर्णालीका सहायक नदीअन्तर्गत

सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक