कञ्चनपुरमा एक गोठमा आगलागी
पढ्न लाग्ने समय :
धनगढी : कञ्चनपुरमा एक गोठमा आगलागी हुँदा चार लाख बराबरको क्षति भएको छ। जिल्लाको बेदकोट नगरपालिका(१० चथरी बस्ने गणेश सुनार र सोही ठाउँ बस्ने चक्र सुनारको संगै जोडिएको एक रएक तले कच्ची गोठमा नजिकै खेतमा जलाएको आगो गोठमा सल्किज्ञको थियो ।
गणेश सुनारको काठ जस्ता पाता लगायतका सामानहरु गरि अन्दाजी दुई लाख ५० हजार बराबरको र चक्र सुनारको गोठ भित्र राखेको खाद्यान्न लगायतका सामानहरु गरि अन्दाजी एक लाख ५० हजार बराबरको गरि जम्मा अन्दाजी चार लाख बराबरको धनमाल आइतबार दिउँसो जलेर नष्ट भएको हो ।
मानविय तथा चौपाया क्षती नभएको भने भएको छैन् । आगलागी स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको हो ।