एमाले केन्द्रिय कमिटी बैठक पुस २१ र २२ गते बस्ने 

Wednesday December 25, 2024

पढ्न लाग्ने समय :


नेकपा (एमाले)ले पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ । बुधवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी सचिवालयको बैठकले यस्तो निर्णय गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बताउनु भयो । बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रिय कमिटी सदस्य उषाकिरण तिमल्सिनाको जिम्मेवारी समेत खोसेको छ । पार्टीको भवन निर्माणको सन्दर्भमा विधानभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै दुवैजनामध्ये पाण्डेलाई स्थायी कमिटीबाट  र तिमल्सिनालाई केन्द्रिय कमिटीबाट ६ महिनाका लागि निलम्वित गरिएको ज्ञवालीले बताउनु भयो । उहाँले बैठकमा पार्टी केन्द्रीय कमिटिको आठौँ बैठक यही पुस २१ र २२ गते केन्द्रीय कार्यालय काठमाडौंमा गर्ने निर्णय भएको समेत बताउनु भयो ।

उहाँले केन्द्रिय कमिटि बैठकमा राजनीतिक प्रतिवेदन, संगठनात्मक कामहरुबारे जानकारी, विगतमा सचिवालय र स्थायी कमिटिले गरेका निर्णयहरुको अनुमोदन  एजेण्डा तय गरेको समेत बताउनु भयो । उहाँले बैठटकमा सरकारको पाँच महिनाको कार्यप्रगतिबारे समेत समिक्षा गरिएको बताउनु भयो । बैठकले सरकार सही दिशामा अगाडि बढेको बैठकले निष्कर्ष निकालेको बताउनु भयो । उहाँले सरकार अझै राम्रो दिशामा अगाडि बढनुपर्ने आवश्यता बोध गरेको समेत बताउनु भयो ।
बैठकका निर्णय सुनाउँदै ज्ञवालीले भन्नुभयो, ‘बैठकले पार्टी केन्द्रिय कमिटिको आठौँ बैठक यही पुस २१ र २२ गते केन्द्रिय कार्यालय काठमाडौंमा गर्ने निर्णय गरेको छ । बैठकमा राजनीतिक प्रतिवेदन, संगठनात्मक कामहरुबारे जानकारी, विगतमा सचिवालय र स्थायी कमिटिले गरेका निर्णयहरुको अनुमोदन  लगायतका चार वटा एजेण्डा तय गरेका छौं । सोहि एजेण्डामा केन्द्रित रहेर यो बैठक सम्पन्न हुनेछ । अनि हामीले वितेका पाँच महिनामा कांग्रेस–एमाले गठबन्धन सरकारको बारेमा समग्र समिक्षा ग¥यौं । यो पाँच महिनाको अवधीमा केही महत्वपूर्ण काम गरेको भन्दै बैठक सन्तुष्टि पनि व्यक्त गरेको छ । अझ थप गति सरकारका कामहरुमा ल्याउनुपर्ने र अझै धेरै सुधारका कामहरुलाई अगाडि बढाउने आवश्यकता पनि बोध गरेको छ । खासगरि अर्थतन्त्रमा केही सुधारहरु देखा परेका छन् । शेयरबजार उच्चबिन्दुमा छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पास भएर कार्यान्वयनको पक्षमा गएको छ । बाह्य सम्बन्ध विस्तारमा प्रगति भएको छ ।

चीन सरकारसँग फ्रेमवर्कमा भएको हस्ताक्षर र अरु विभिन्न मुलुकसँग भएका निर्णयहरु महत्वपुर्ण छन् । पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई हामीले स्पष्टीकरण सोधेका थियौँ । तर उहाँहरूले गल्ती स्वीकारेको देखिएन । पार्टीको निर्देशनमा चल्न थप निर्देशन गर्दै उहाँहरूको जिम्मेवारी ६ महिनाका लागि स्थगित गरिएको छ । पार्टीका पूर्वउपाध्यक्ष रावलले पार्टीभित्र दिइएको जिम्मेवारी निर्वाह नगरेको भन्दै पार्टीको साधारण सदस्यबाट निस्काषन गर्ने निर्णय भएको छ । उहाँले बैठकमा संविधान र संघीयताको गम्भिर समिक्षा गर्नुपर्नेबारे छलफल भएको भन्दै यसका लागि कार्यदल बनाउने काममा अघि बढ्ने निर्णय भएको बताउनु भयो ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि