एमाले अध्यक्ष केपी ओलीको स्वास्थ्यमा ६ समस्या

Sunday March 29, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज पनि अस्पतालमा राखिने भएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री ओलीलाई २४ घण्टा अस्पतालमा नै चिकित्सकको निगरानीमा राखेर उपचार गरिने अस्पतालका प्रवक्ता डा. गोपाल सेडाईँले बताए।
उनले भने, “उहाँलाई २४ घण्टा चिकित्सकको निगरानीमा राखेर उपचार गर्ने निर्णय गरिएको छ । भोलिसम्म स्वास्थ्यमा कस्तो सुधार आउँछ हेरेर थप निर्णय गछौँ ।” उनको अस्पतालको एनेक्स–१ भवनको बेड नं ५०१ मा चिकित्सकको निगरानीमा उपचाररत रहेको अस्पतालका प्रवक्ता सेडाईँले बताए।
अस्पतालका अनुसार ओलीलाई मुटु ढुकढुकी सम्बन्धी समस्या देखिएपछि चैत १४ गते अस्पतालमा भर्ना गरिएको हो। उनको मिर्गौला प्रत्यारोपणपछि हाइड्रोनेफ्रोसिस, मधुमेह, उच्च रक्तचाप, हाइपोथाइराइडिज्म, एट्रियल फिब्रिलेसन तथा पित्तथैलीसम्बन्धी समस्याबाट पीडित रहेको अस्पतालले विज्ञप्तिमा उल्लेख गरेको छ।
उनको पित्त थैलीमा पनि पत्थरी देखिएकोले चिकित्सकको सल्लाहमा अन्य निर्णय लिइने सेढाईंको भनाइ छ। जेनजी आन्दोलन दमन गरेको आरोपमा फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि उनलाई बालेन्द्र शाह नेतृत्वको सरकारले शनिबार उनकै निवासबाट पक्राउ गरेर केही समय जिल्ला अदालत काठमाडौँमा राखी शिक्षण अस्पतालमा उपचारका लागि पठाइएको थियो।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको