एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ

Friday February 20, 2026

पढ्न लाग्ने समय :


दाङ : दाङको तुलसीपुरमा नेकपा एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाएको घटनामा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार फागुन ७ गते राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित वीरेन्द्र चोकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुर्खेतबाट घोराही आउने क्रममा आयोजित स्वागत कार्यक्रममा भीडका बीच केही व्यक्तिहरूले एमालेको झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।

उक्त भिडियोको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको पहिचान भएका तुलसीपुर उपमहानगरपालिका–७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका बस्नेतमाथि थप अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ।


भर्खर

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ। कर्णालीका सहायक नदीअन्तर्गत

सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक