एनपिएलः जनकपुरको पहिलो हार,सुदूरपश्चिमको चौथो जित

Wednesday December 11, 2024

पढ्न लाग्ने समय :


सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सलाई जारी लिगमै सबैभन्दा कम योगफलमा रोक्दै सुदूरपश्चिम रोयल्सले चौथो जित निकालेको छ ।  १२४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर ५१ रनमा समेटियो । सुदूरपश्चिमले भने पाँचौँ खेलमा ७२ रनको जित निकालेको हो । साथै सुदूरपश्चिम जनकपुरको अपराजित यात्रा तोड्दै पहिलो पराजय चखाउन सफल रह्यो । यस जितसँगै सुदूरपश्चिम नेट रन रेटका आधारमा अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ । जितको लागि १२४ रनको सहज विजय लक्ष्य पछ्याएको जनकपुर १३ ओभरको पहिलो बलमा नै ५१ रनमा अल आउट भयो । यो एनपिएलमा अहिलेसम्मकै कम योगफल हो ।

यसअघि चितवनले पोखरालाई ७४ रनमा समेटेको थियो । जारी लिगमा शानदार प्रदर्शन गरेको जनकपुरले १२४ रनको लक्ष्य सहजै पूरा गर्ने अनुमानलाई सुदूरपश्चिमका बलरले गलत तुल्याइदिए । पहिलोदेखि छेटौं क्रमका कुनैपनि ब्याटरले दोहोरो रन छुन सकेनन् । ६ विकेट गुमाउँदा ३७ रन बनाएसँगै जनकपुरको हार निश्चित जस्तै बनेको थियो । लगातार विकेट गएपछि कुनैपनि खेलाडीले टिकेर खेल्न सकेनन् । सहज लक्ष्य हुँदा समेत जनकपुरले निराशाजनक प्रदर्शन ग¥यो । जोसुवा ट्रम्पले १३ रन बनाए । यसबाहेक कसैले पनि दोहोरो रन जोड्न सकेनन् । बलिङमा हर्मित सिंह, दीपेन्द्र सिंह ऐरी र ईशान पाण्डेले समान २÷२ विकेट लिए ।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा संघर्ष गर्दै ९ विकेटको नोक्शानीमा मात्र १२३ रनको कम योगफल तयार पा¥यो । सुदूरपश्चिमले शुरूवात राम्रो ग¥यो । पावर प्लेमा बिना विकेटको नोक्शानीमा ४२ रन बनाएको थियो । सेफ जेब र विनोद भण्डारीले पहिलो विकेटको लागि ५५ रनको साझेदारी गरे । सेफ २१ रनमा आउट भएपछि सुदूरको विकेट पतन हुने क्रम रोकिएन । बाँकी ६८ रन जोड्ने क्रममा सबै विकेट गुमाउन पुग्यो । हर्मित सिंह १ रनमा र ओपनर विनोद ३३ रनाम आउट भए ।

उनले ३७ बल खेल्दै ३ चौका र १ छक्कासहित टिमको लागि सर्वाधिक ३३ रन बनाए । भरपर्दा ब्याटर तथा कप्तान दीपेन्द्रसिंह ऐेरी रनको खाता नखोली आउट हुँदा सुदूर थप दबाबमा प¥यो । ४ विकेटको नोक्शानीमा सुदूरले मात्र ७६ रन बनायो । दीपेन्द्रलाई पछ्याउँदै ब्रान्डन मकमलेन पनि ११ रनमा आउट भए । यसपछि १८ औं ओभरमा किशोर महतोले सानदार बलिङ गरे । यो ओभरमा उनले आरिफ शेख,ईशान पाण्डे र स्कट कुगेलिनलाई आउट गरे । आरिफ र स्कटले दोहोरो रन समेत छुन सकेनन् भने ईशान १७ रनमा समेटिए । सुदूरका मात्र चार खेलाडीले दोहोरो रन बनाए । बलिङमा किशोर महतोले ४ ओभर बलिङ गर्दै ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यसैगरी शेर मल्ल र अरनिको यादवले समान २÷२ विकेट लिए ।


भर्खर

जुवातास खेलिरहेका ९ जना पक्राउ

धनगढी: बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित प्रकाश बिकको घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्याे फिफा विश्वकपको उपाधि

काठमाडौं : अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित

धनगढीमा सफ्टवेयरमार्फत अवैध मुद्रा कारोबार गर्ने गिरोहका दुई भारतीयसहित ९ जना नियन्त्रणमा

धनगढी:  कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका–४ स्थित एक फ्ल्याटबाट सफ्टवेयरमार्फत अवैध मुद्रा कारोबार (हुण्डी) सञ्चालन गरिरहेको