एआईसम्बन्धी राष्ट्रिय नीति बनाउँदै छौँः प्रधानमन्त्री ओली

Sunday October 27, 2024

पढ्न लाग्ने समय :


प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी राष्ट्रिय नीति बनाउने तयारी गरिरहेको बताउनुभएको छ । आईतवार काठमाडौंमा युवा सङ्घ नेपालले आज आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआइं)सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एआईको स्टाटेजि प्लानको विषयको तयारी र एआईसम्बन्धी राष्ट्रिय नीति तयार गर्ने काममा सरकार रहेको बताउनु भयो । उहाँले एआई विकास र मानिसका सुविधाका लागि प्रयोग हुनुपर्ने बताउनु भयो । उहाँले एआईको गलत प्रयोग गरेर समाजमा विद्वेष फैल्याउने कामको भने कडा निगरानी हुन जरुरी रहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले एआईका गलत पक्षलाई छोडेर राम्रा पक्षहरु ग्रहण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले जीवनलाई सरल र सहज बनाउन एआईको उपयोग गर्नुपर्ने बताउनु भयो । देशको विकासमा सहयोग पुग्ने उद्देश्यबाट एआईको प्रयोग गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आर्टिफिसियल इन्टेलिजेन्सले धेरै ठूलो मद्दत पु¥याएको छ, विकासका लागि । ठूलो सहयाग गरेको छ । सँगै यसले समाजमा मिस इन्फरमेसन, डिस इन्फरमेसन जस्ता कुराहरु फैल्याएर समाजमा द्वेष कलह भएको छ । यसको मिसयुजको सम्भावना र यसले समाजलाई अझ सभ्य, व्यवस्थ्ति, उन्नत र राम्रो हुनुपर्ने ठाउँमा कतिपय ठाउँमा विकृत र विसंगत पक्षहरुलाई यसले बढाएको देखिन्छ । यसको समाधान कसरी गर्ने, रोक्ने उपाय के होला । राम्रो पक्षको विकास गर्ने, राम्रो पक्षलाई बढाउने कुरामा लाग्नुपर्छ । एआईको दुरुपयोगले मैले गाएको गीत, म नाचेको भिडियो हेर्छु । मलाई गीत त गाउन आउँदैन । एआईले मेरो स्वरमा राम्रो गीत गाउँछ । यो मै हेरिरहेको छु । एआईलाई यसरी मिसयुज गर्नु हुँदैन । डिजिटल नेपाल भनेको यो खालि मोबाइलमा मात्रै काम हुन्छ भन्नेकुरा त होइन । हामी गाडीमा पुग्दा टाढैबाट ढोका खुल्छ । घरमा जाँदा पनि अनलक गर्न सकिन्छ । अफिसमा हाजिर गर्दा मान्छे चिन्छ । अनुहार चिन्छ । जीवनलाई सरल र सहज बनाउनुपर्छ । देशको विकासमा सहयोगी हुने उद्देश्यले एआईको प्रयोग गर्नुपर्छ । यसका केही खतराका पक्षहरु देख्दादेख्दै पनि राम्रा पक्षको प्रयोग गर्नुपर्छ । विकासका लागि हामीले डिजिटल नेपालको कन्सेप्ट अघि सारेको हो । एआईको स्टाटेजि प्लानको विषयको तयारी र एआईसम्बन्धी राष्ट्रिय नीति तयार गर्ने काममा हामी छौँ ।’

प्रधानमन्त्री ओलीले नेपालले आफैँ एआईको विकास गर्न आवश्यक रहेको बताउनु भयो ।


भर्खर

नेपालकै पहिलो ई–वेस्ट प्रशोधन तालिम धनगढीमा सुरु

धनगढीः नेपालमै पहिलो पटक धनगढी उपमहानगरपालिकाले विद्युतीय फोहोर (ई–वेस्ट) व्यवस्थापन र प्रशोधन सम्बन्धी विशेष तालिमको

सुदूरपश्चिममा वनका समस्या समाधान गर्न कार्यदल गठन

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले वन उपभोक्ता समूहहरूको माग सम्बोधनका लागि कार्यदल गठन गरेको छ।

धनगढीमा वैशाख १८ गते हाफ म्याराथन प्रतियोगिता हुने

धनगढीः धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। धनगढी जेसिजको आयोजनामा आगामी वैशाख १८