उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन संविधान संशोधन हुन्छः सभापति देउवा

Wednesday November 20, 2024

पढ्न लाग्ने समय :


नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन संविधान संशोधन हुने बताउनुभएको छ । बुधवार काठमाडौंमा नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनको ३५ औं स्थापना दिवसको अवसरमा संविधान कार्यान्वयनमा कानूनी तथा वित्तीय सुशासन सम्बन्धी छलफलमा भाग लिँदै सभापति देउवाले यस्तो बताउनुभएको हो । उहाँले भारत लगायतका देशहरुमा पनि सोही व्यवस्था रहेको उल्लेख गर्दै र उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन गर्ने सहमति भइसकेको बताउनु भयो । उहाँले प्रजातन्त्रको लागि आफू र प्रधानमन्त्री केपी शर्मा ओलीले जेल जीवन बिताउनुपरेको उल्लेख गर्दै प्रजातन्त्रको बिरुद्धमा संविधान संशोधन नहुने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘संविधान संशोधन किन भनिरहेका छन् । यमसा एउटा कुरा भनिहालौँ । जस्तो उपराष्ट्रपतिको जस्तो भारतमा व्यवस्था छ, त्यस्तै उपराष्ट्रपति ल्याएर राष्ट्रिय सभाको अध्यक्ष बनाउने खास हाम्रो सल्लाह भएर नै संविधान संशोधन भनिएको हो । अरु प्रजातन्त्रको खिलाफमा, प्रजातन्त्रलाई कमजोर बनाउने कुरा मै मान्दिनँ । धेरै लडेको मान्छे हो, प्रजातन्त्रको लागि, जेल परेको मान्छे हो । प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रजातन्त्रको लागि लडेको मान्छे हो ।’

नेपालको प्रजातन्त्रलाई मर्न नदिने र बलियो बनाउने गरी डेमोक्र्याटिक लयर्स एशोसिएशनले कामहरु अघि बढाउनुपर्ने बताउनु भयो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको