आज गोवर्द्धन पूजा गरिदैँ

Wednesday October 22, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार

कार्तिक शुक्ल प्रतिपदाको दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हलि एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मिष्ठान्न परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हलि तिहार पनि भनिन्छ ।

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ