आज अक्षय तृतीया मनाइँदै, यसकारण विशेष मानिन्छ यो दिन

Friday May 10, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू सम्प्रदायमा जौँको सातु र सर्वत खाएर यो पर्व मनाइँदैछ । आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु र सर्वत दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ ।

धर्मशास्त्रअनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको तथा यही दिन भगवान् परशुरामको जन्म भएको मानिन्छ । त्यसैले आजको दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ । यही दिन शिव–पार्वतीको विवाह भएको पनि मानिन्छ । त्यसैले आज गरेको स्नान, दान र शुभ कर्मको विशेष महत्व छ ।

यसैबीच, मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा पनि यो पर्व मनाइँदै छ । ब्राह्मणलाई जाैँ, चनाको सातु र सक्खरको सर्वत दान गरेर मिथिलावासीले यी पदार्थ आफूले पनि सेवन गर्ने परम्परा छ ।

पर्वमा जति बढी भोका र तिर्खाएका व्यक्तिलाई सातु र सर्वत खुवाइन्छ, त्यति नै बढी पुण्य पाइने हिन्दू विश्वासले आज हिन्दू मैथिल बाटोमा बसेर सातु र सर्वत बटुवालाई खुवाउँछन् ।

यस पर्वमा गरिबलाई सातु राखिएका थैला र सर्वत राखिएको घडासहित दान गर्ने परम्परा रहेको बर्दिबास–२ का पण्डित महेशकुमार झा बताउछन् । आज सुन, शीतल खाद्य परिकार र वस्त्र दान गर्नेको कहिल्यै भण्डार खाली नहुने शास्त्रमा वर्णन भएको उनको कथन छ ।


भर्खर

जुवातास खेलिरहेका ९ जना पक्राउ

धनगढी: बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित प्रकाश बिकको घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्याे फिफा विश्वकपको उपाधि

काठमाडौं : अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित

धनगढीमा सफ्टवेयरमार्फत अवैध मुद्रा कारोबार गर्ने गिरोहका दुई भारतीयसहित ९ जना नियन्त्रणमा

धनगढी:  कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका–४ स्थित एक फ्ल्याटबाट सफ्टवेयरमार्फत अवैध मुद्रा कारोबार (हुण्डी) सञ्चालन गरिरहेको