अवरुद्ध मदन भण्डारी र सिद्धिचरण राजमार्ग सञ्चालनमा

Saturday August 26, 2023

पढ्न लाग्ने समय :


कटारी । अबिरल वर्षासँगै पहिरो गएपछि बिहीबार रातिदेखि अवरुद्ध मदन भण्डारी राजमार्ग आज साँझदेखि एकतर्फी सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत उदयपुरको कटारी–गाईघाट सडकखण्ड दुई दिनदेखि पूर्णरूपमा अवरुद्ध भएको थियो ।

राजमार्गको उदयपुरगढी गाउँपालिका–६ स्थित मौवासीखोलाको पुलनजिकै पहिरो गएपछि अवरुद्ध भएको यातायात शनिबार साँझदेखि एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिए । उनका अनुसार यतिबेला सवारी साधान सञ्चालन हुन थालेका छन् ।

“एकतर्फी भएपनि यातायात सञ्चालन भएको छ, पानी रोकियो भने भोलिदेखि पूर्णरूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ”, उपरीक्षक कार्कीले भने, “आज वर्षा रोकिएपछि बिहानैदेखि सडक खोल्ने काम भएको थियो ।”

गाईघाट दिक्तेल सडक आयोजनाको जेसिबीले पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । मुख्यगरी कोशी प्रदेशबाट राजधानी काठमाडौँ जाने छोटो बाटो सञ्चालनमा आएपछि यात्रुलाई सहज भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बाटो अवरुद्धपछि पूर्वबाट आएका सवारीलाई गाईघाटबाट लहान हुँदै बर्दिबासतर्फ पठाइएको थियो भने पश्चिमबाट पूर्व आएका सवारीलाई कटारीबाट सिरहाको मिर्चैया हुँदै पूर्वतर्फ पठाइएको थियो ।

साथै बिहीबार राति झरेको पहिराका कारण अवरुद्ध सिद्धिचरण राजमार्गको कटारी–घुर्मी खण्ड पनि आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत कटारी नगरपालिका–११ को वेतेनीबाट वडा नं १४ को लेखानी खण्डका विभिन्न स्थानमा पहिरो गएपछि अवरुद्ध सडक पहिरो पन्छाएपछि खुलेको हो ।

मिर्चैया–कटारी–घुर्मी सडक योजनाको कार्यालय कटारीका सूचना अधिकारी मनोजकुमार मण्डलका अनुसार कटारी–घुर्मी सडकखण्डमा विभिन्न स्थानमा खसेको पहिलो शुक्रबार साँझसम्ममा पन्छाइएको हो । शुक्रबार साँझदेखि नै अवरुद्ध सडकमा आउजाउ सुरु भएको र आजदेखि पूर्णरूपमा सडक खुलेको उनको भनाइ छ ।


भर्खर

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र

सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी

धनगढी : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको