अछाममा अटो दुर्घटना, ३ जना घाइते

Thursday August 17, 2023

पढ्न लाग्ने समय :


अछाम । अछाममा आज अटो दुर्घटना भएको छ ।

जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–४ तिमिल्सैनको ढोगदिना भन्ने ठाउँमा सु.प.प्र.०१/००१ ख ५५ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना भएको हो ।

अटो दुर्घटनामा परेर ३ जना घाइते भएका छन् । घाइते हुनेमा अटोमा सवार बान्नीगढी जयगढ गाउँपालिका–४ तिमिल्सैनका अन्दाजि ३८ वर्षीय नृप ओड, बान्नीगढी जयगढ गाउँपालिका–५ का २८ वर्षीय टंक साउँद र सोही पवालिकाको–२ का अटो चालक २३ वर्षीय हेमराज साउद घाइते भएका छन् ।

घाइते तीनै जनाको बयालपाटा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाइते भएका ओडको अवस्था मध्यम र बाँकि दुई जनाको अवस्था सामान्य रहेको छ ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ