अछामको एक विद्यालयमा परीक्षा अगाडि नै गणित विषयको प्रश्न पत्र बाहिरियो

Sunday March 22, 2026

पढ्न लाग्ने समय :


अछाम : अछामको एक विद्यालयमा परीक्षा अगाडि नै गणित विषयको प्रश्न पत्र बाहिरिएको छ। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालय, जयगढमा कक्षा ८ को वार्षिक परीक्षा सुरु भएकै पहिलो दिन प्रश्न पत्र बाहिरिएको आरोप लागेको हो।

आइतवारदेखि सुरु भएको परीक्षाअन्तर्गत गणित विषयको प्रश्नपत्र परीक्षा अघि नै बाहिरिएको आरोप लागेपछि विषय थप संवेदनशील बनेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक अभिव्यक्तिहरूका अनुसार परीक्षा हुनुभन्दा अघि नै गणित विषयको प्रश्नपत्रसहित उत्तरहरू एक छात्रा माझ पुगेका थिए। गाउँपालिकाका स्वास्थ्यकर्मी सन्तोष शेट्टीले फेसबुकमार्फत गणितको प्रश्नपत्र परीक्षा हुनु केही दिनअघि नै बाहिरिएको दाबी गरेका छन्। उनले प्रश्नहरूको उत्तरसमेत तयारी अवस्थामा विद्यार्थीलाई उपलब्ध गराइएको उल्लेख गरेका छन्।

शेट्टीका अनुसार आज सञ्चालित गणित विषयका हुबहु प्रश्नहरूको उत्तर सहितको पुस्तिका एक छात्रासँग भेटिएको थियो। घटनाप्रति स्थानीय अभिभावक तथा सरोकारवालाहरूले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।

यस सम्बन्धमा गाउँपालिका शिक्षा शाखा प्रमुख बसन्तराज जोशीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बताएका छन्।

 


भर्खर

कैलालीको स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त

काठमाडौँः कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको छ। सिफारिस

भारी वर्षाको पूर्वानुमान

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर

अछाममा युवतीमाथि करणी, एक युवक पक्राउ

धनगढी :अछाममा १७ वर्षीया युुवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ ।