सर्वदलीय बैठक सम्पन्न, शान्ति र सामाजिक सद्भाव कायम गर्न सामूहिक अपिल गर्ने सहमति

Wednesday July 29, 2026

पढ्न लाग्ने समय :


सुनसरीसहित पूर्वी नेपालका तराई जिल्लामा केही दिनदेखि देखिएको हिंसात्मक घटनाक्रम र त्यसपछिको तनावपूर्ण अवस्थाका बीच सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा बुधबार सर्वदलीय बैठक सम्पन्न भएको छ।
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा बसेको बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका थिए। बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमालेका महासचिव शंकर पोखरेल, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपाकी प्रमुख सचेतक खुश्बु ओली तथा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलगायत नेताहरूको उपस्थिति रहेको थियो।
बैठकमा सुनसरी घटनापछि उत्पन्न असहज अवस्थालाई थप जटिल बन्न नदिन सामाजिक रूपमा फैलिन सक्ने द्वेष र वैमनस्य न्यूनीकरण गर्दै शान्ति, सद्भाव तथा सुरक्षा कायम गर्न राजनीतिक दलहरूले संयुक्त रूपमा अपिल गर्ने विषयमा छलफल भएको जनाइएको छ।
गत आइतबार सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा बोलबम यात्राका क्रममा दुई समूहबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। उक्त घटनामा एक युवकको मृत्यु भएको थियो भने सुरक्षाकर्मीसहित २२ जना घाइते भएका थिए।
घटनापछि सुनसरी, सिराहा, सप्तरीलगायत पूर्वी तराईका विभिन्न जिल्लामा तनावपूर्ण अवस्था कायम रहेकाले सबै पक्षलाई संयम अपनाउन र सामाजिक सद्भाव जोगाउन राजनीतिक दलहरूले आह्वान गरेका छन्।


भर्खर

सुनसरी तनावबारे प्रचण्डको चिन्ता : सरकार साझा समाधानतर्फ अग्रसर हुन नसकेको आरोप

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखिएका संवेदनशील समस्याको साझा समाधान खोज्न सरकारppra अग्रसर हुन

सर्वदलीय बैठकमा सरकारको भूमिकामाथि कांग्रेस सभापति थापाको प्रश्न

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न परिस्थितिका विषयमा सरकार र प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न

सर्वदलीय बैठक सम्पन्न, शान्ति र सामाजिक सद्भाव कायम गर्न सामूहिक अपिल गर्ने सहमति

सुनसरीसहित पूर्वी नेपालका तराई जिल्लामा केही दिनदेखि देखिएको हिंसात्मक घटनाक्रम र त्यसपछिको तनावपूर्ण अवस्थाका बीच