दाङमा एलपी ग्यास आपूर्तिमा समस्या, अत्यावश्यक बाहेक जिल्ला बाहिर लैजान प्रशासनको रोक

Tuesday July 28, 2026

पढ्न लाग्ने समय :


दाङ जिल्लामा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा देखिएको समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले अत्यावश्यक प्रयोजनबाहेक ग्यास जिल्ला बाहिर लैजान रोक लगाएको छ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै जिल्लामा एलपी ग्यासको सहज आपूर्ति कायम राख्न तथा सर्वसाधारण उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरिएको जनाएको हो।

सूचनाअनुसार अत्यावश्यक प्रयोजनबाहेक दाङबाट अन्य जिल्लातर्फ एलपी ग्यास सिलिन्डर लैजाने वा ओसारपसार गर्ने कार्यमा रोक लगाइएको छ। प्रशासनले उक्त निर्देशनको उल्लङ्घन गरे प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिएको छ।

प्रशासनले सबै सम्बन्धित पक्षलाई सूचनाको पालना गर्न आग्रह गर्दै जिल्लावासीलाई आवश्यक परे जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क गर्न अनुरोध गरेको छ।


भर्खर

कैलाली घर भएका सशस्त्र प्रहरीका हवल्दार ब्यारेकमै मृत भेटिए

बाँकेको नरैनापुर–४ स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, ब्यारेकमा एक हवल्दार मृत भेटिएका छन्

सुनसरी तनावबारे प्रचण्डको चिन्ता : सरकार साझा समाधानतर्फ अग्रसर हुन नसकेको आरोप

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखिएका संवेदनशील समस्याको साझा समाधान खोज्न सरकारppra अग्रसर हुन

सर्वदलीय बैठकमा सरकारको भूमिकामाथि कांग्रेस सभापति थापाको प्रश्न

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न परिस्थितिका विषयमा सरकार र प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न