बजाज मोटरसाइकलको ईएमआईमा अब ५ वर्षसम्म ऋण सुविधा

Sunday July 19, 2026

पढ्न लाग्ने समय :


धनगढी : नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड ९एचएफएल० सँगको सहकार्यमा नयाँ फाइनान्सिङ सुविधा सार्वजनिक गरेको छ ।

नयाँ योजनाअन्तर्गत अब बजाज मोटरसाइकल खरिद गर्दा अधिकतम पाँच वर्ष  (६० महिना) सम्म ऋण सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसअघि ग्राहकले तीन वर्षसम्मको ऋण सुविधा पाउँदै आएका थिए ।

कम्पनीका अनुसार ऋण अवधि बढाइएसँगै मासिक किस्ता ९ईएमआई० उल्लेख्य रूपमा घट्नेछ । यसले पहिलोपटक मोटरसाइकल खरिद गर्ने युवा, जागिरे, परिवार तथा मासिक बजेटलाई प्राथमिकता दिने ग्राहकलाई थप सहज हुने विश्वास गरिएको छ ।

एचएच बजाजले ब्याजदर पनि ९.९९ प्रतिशतबाट घटाएर ८.९९ प्रतिशत कायम गरेको जनाएको छ । ब्याजदर घट्दा ग्राहकको मासिक आर्थिक भार थप कम हुने कम्पनीको दाबी छ ।

यो सुविधा प्लाटिना १०० इएसदेखि डोमिनार ४०० सम्मका सम्पूर्ण बजाज मोटरसाइकलमा लागू हुने बताइएको छ । नयाँ व्यवस्थाअनुसार प्लाटिना १०० ईएसको मासिक किस्ता करिब ३ हजार २५५ रुपैयाँबाट घटेर २ हजार १२४ रुपैयाँ पुगेको छ । यसले ग्राहकलाई हरेक महिना करिब १ हजार १३१ रुपैयाँ बचत हुने कम्पनीले जनाएको छ ।
त्यस्तै, डोमिनार ४०० को मासिक किस्ता करिब ८ हजार २२७ रुपैयाँबाट घटेर ५ हजार ३७० रुपैयाँमा झरेको छ । यसमा ग्राहकले मासिक करिब २ हजार ८५७ रुपैयाँसम्म बचत गर्न सक्ने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार पल्सर १२५, पल्सर एन१२५, पल्सर १५०, पल्सर एन१५०, पल्सर एन१६०, पल्सर २२०एफ, पल्सर २००एनएस, पल्सर एन२५० तथा एनएस४००जेड लगायत मोडेलमा पनि मासिक किस्ता घटाइएको छ ।
एचएच बजाजले यो कुनै सीमित अवधिको छुट योजना नभई ग्राहकको वास्तविक आवश्यकता बुझेर स्वामित्वलाई अझ पहुँचयोग्य बनाउने उद्देश्यले ल्याइएको योजना भएको जनाएको छ । मोटरसाइकलको मूल्यभन्दा मासिक किस्ता धेरैका लागि चुनौती बन्ने अवस्थालाई ध्यानमा राख्दै ऋण अवधि विस्तार र ब्याजदर घटाउने निर्णय गरिएको कम्पनीको भनाइ छ ।

नेपाल राष्ट्र बैंकको नियमनमा रहेको हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध हुने यो सुविधा देशभर रहेका एचएच बजाज शोरुमबाट लिन सकिने कम्पनीले जनाएको छ ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको