बझाङमा जिप दुर्घटना : तीन जनाको मृत्यु, १२ जना घाइते

Saturday July 11, 2026

पढ्न लाग्ने समय :


काठमाडौं : बझाङको केदारस्यु गाउँपालिका-७ सुगरेस्थित दुर्गाथली गाउँपालिका र केदारस्यु गाउँपालिकाको सीमाक्षेत्रको भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्।

दुर्घटनामा दुर्गाथली गाउँपालिका-६ का चक्रबहादुर महत, केदारस्यु गाउँपालिका-७ की बिमला महत धामी र दुर्गाथली गाउँपालिका-६ की कुटुरीदेवी महतको मृत्यु भएको छ।

गम्भीर घाइते हुनेहरूमा दुर्गाथली गाउँपालिका-६ का पूर्व वडा सदस्य रामबहादुर महत, हासुलीदेवी महत, झल्कादेवी महत, हर्कादेवी महत, जौमतीदेवी महत, शिक्षक रामबहादुर महत, शिक्षक देवबहादुर जाग्री तथा केदारस्यु गाउँपालिका-७ का जिप चालक देवबहादुर धामी रहेका छन्। यस्तै, दुर्गाथली गाउँपालिका-६ का धनेसेर जाग्री, रमेश धामी, नवराज धामी र बिरु जाग्री सामान्य घाइते भएका छन्।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिई घाइतेहरूको उद्धार गरी उपचारको लागि अस्पताल पठाई रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।


भर्खर

कैलाली घर भएका सशस्त्र प्रहरीका हवल्दार ब्यारेकमै मृत भेटिए

बाँकेको नरैनापुर–४ स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, ब्यारेकमा एक हवल्दार मृत भेटिएका छन्

सुनसरी तनावबारे प्रचण्डको चिन्ता : सरकार साझा समाधानतर्फ अग्रसर हुन नसकेको आरोप

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखिएका संवेदनशील समस्याको साझा समाधान खोज्न सरकारppra अग्रसर हुन

सर्वदलीय बैठकमा सरकारको भूमिकामाथि कांग्रेस सभापति थापाको प्रश्न

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न परिस्थितिका विषयमा सरकार र प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न