कैलालीमा सरकारी स्कारपियोको स्वरूप परिवर्तन गर्ने एक जना पक्राउ

Thursday July 9, 2026

पढ्न लाग्ने समय :


धनगढी : नेन्जी आन्दोलनका क्रममा लुटिएको सरकारी स्कारपियो स्वरूप परिवर्तन गरिएको अवस्थामा प्रहरीले बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका–२ का अर्जुन कार्कीलाई पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी योगेन्द्र तिमिल्सेनाका अनुसार २०८२ जेठ २५ गते दिउँसो धनगढी उपमहानगरपालिका–४ स्थितबाट करिब ४७५ जनाको समूहले सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डिनको कार्यालयको बा २ झ २८५९ नम्बरको सरकारी स्कारपियो लुटेर लगेका थिए।

घटनापछि प्रहरीले गाडीको खोजतलासलाई तीव्र बनाएको थियो। सोही क्रममा २०८२ असार ८ गते घोडाघोडी नगरपालिका–२ स्थित अर्जुन कार्कीले सञ्चालन गरेको लिगासैनी सःमिल तथा फर्निचर उद्योगबाट उक्त स्कारपियो स्वरूप परिवर्तन गरिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा कार्कीलाई पक्राउ गरेको छ। उनीविरुद्ध चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको