धनगढीका १० वर्षीय बालकको हत्या प्रकरण : मुख्य अभियुक्त पक्राउ

Monday July 6, 2026

पढ्न लाग्ने समय :


धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१७ उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या प्रकरणका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–६ निवासी २५ वर्षीय खेमराज कठायत (खगेन्द्र) रहेका छन्। उनलाई भारततर्फ फरार हुने प्रयास गरिरहेका बेला धनगढी उपमहानगरपालिका–२ स्थित भन्सार रोडबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब निरीक्षक ९सई० सुशील चन्दको नेतृत्वमा खटिएको टोलीले कठायतलाई नियन्त्रणमा लिएको हो।

तनुज १० असारमा घरबाट बेपत्ता भएका थिए। दुई दिनपछि, १२ असारमा उनको शव स्थानीय कालिका सामुदायिक वनभित्र फेला परेको थियो। प्रहरीले घटनालाई हत्या भएको निष्कर्ष निकालेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा बालकले कानमा लगाएको सुनको मुन्द्रा शवसँग नभेटिएकाले लुटपाटको उद्देश्यले हत्या गरिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। मुख्य अभियुक्त पक्राउ परेकाले घटनाको वास्तविक कारण र अन्य विवरण थप अनुसन्धानबाट खुल्ने प्रहरीको विश्वास छ।
यसअघि घटनाको अनुसन्धानका क्रममा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको भए पनि उनीहरू हाल रिहा भइसकेका छन्। प्रहरीले मुख्य अभियुक्तमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।


भर्खर

दाङमा एलपी ग्यास आपूर्तिमा समस्या, अत्यावश्यक बाहेक जिल्ला बाहिर लैजान प्रशासनको रोक

दाङ जिल्लामा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा देखिएको समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले

भदौको पहिलो सातासम्म बजारमा आउँदै बाजुराको अग्र्यानिक स्याउ

बाजुरा । बाजुराको अग्र्यानिक स्याउ यस वर्ष भदौको पहिलो सातासम्म बजारमा ल्याउने तयारी गरिएको छ।

दार्चुलाको चमेलिया जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढ्यो

सुदूरपश्चिम प्रदेशको दार्चुलाको चमेलिया नदीमा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढाइएको छ ।