करेन्ट लागेर बालिकाको मृत्यु

Sunday July 5, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको गौरीगंगा नगरपालिका–६ मा घरमा पानी तान्ने मोटरबाट करेन्ट लाग्दा ८ वर्षीया बालिकाको मृत्यु भएको छ।
प्रहरीका अनुसार स्थानीय तपेन्द्र साउदकी ८ वर्षीया छोरी आयुस्मा साउदलाई शनिबार बेलुकी घरमा जडान गरिएको पानी तान्ने मोटरबाट करेन्ट लागेको थियो। गम्भीर घाइते भएकी उनलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको