रास्वपा महाधिवेशनको बन्दसत्र सुरु

Tuesday June 23, 2026

पढ्न लाग्ने समय :


चितवनः राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को प्रथम महाधिवेशनको बन्दसत्र सुरु भएको छ । सोमबारदेखि रोकिएको मङ्गलबार दिउँसो साढे ३ बजेपछि बन्दसत्र सुरु भएको हो। रास्वपाका शीर्ष नेता बन्दसत्र हुने हलमा पुगिसकेका छन्।

पार्टी सभापति रवि लामिछाने, नेता स्वर्णिम वाग्ले, शिशिर खनाललगायतका नेता मञ्चमा उपस्थित हुनुहुन्छ। सभापति लामिछानेले घण्टी बजाएर बन्दसत्रको सुरुवात गर्नुभएको छ। बन्दसत्रमा पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह भने देखिनुभएको छैन। प्रधानमन्त्री शाह राजनीतिक प्रतिवेदन पेस गर्नुअघि हलमा उपस्थित हुनुहुने छ ।

बन्दसत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले भने, “हामीले देखेका सपनालाई आधिकारिकता दिने यो अवसर हो।” सभापति लामिछानेले आफूहरूलाई नागरिकले विश्वास गरेको उल्लेख गर्दै परिणाम दिनुपर्नेमा जोड दिए।

रास्वपामा योग्य व्यक्तिलाई मात्र प्रतिस्पर्धामा आउन दिने उद्देश्यले नियममा कडाइ गरिएको छ । निर्वाचन प्रक्रिया अनुसार सभापति, पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि एक, एक जना प्रस्तावक अनिवार्य गरिएको छ । सभापतिका लागि ५१ जना समर्थक र २१र२१ जना समर्थक अनिवार्य गरिएको छ ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार प्रस्तावक र समर्थक दुवै उम्मेदवार स्वयं हुन नपाउने व्यवस्था गरिएको छ । उनले भने, “नेतृत्व विकास भएका सक्षम व्यक्तिलाई जिम्मेवारी दिन यो नियम राखिएको हो ।”

देशकै ठुलो पार्टीका रूपमा रास्वपाको सङ्गठन सञ्चालनका लागि क्षमतावान र योग्य समूह आवश्यक भएकाले सोही अनुसार छनोट प्रक्रिया कडा बनाइएको केसीले बताए। यसले केन्द्रमा प्रतिस्पर्धा गर्न सक्ने निखारिएका नेतृत्व मात्र अघि आउने उउनको भनाइ छ ।

सङ्गठन विस्तारमा सक्रिय रहेकालाई समर्थक जुटाउन सहज हुने र उनीहरू नेतृत्वमा पुग्ने सम्भावना बढी हुने उहाँले बताउनुभयो । भर्खरै सुरु भएको बन्दसत्र समाप्त भएपछि निर्वाचन प्रक्रिया प्रारम्भ हुने छ ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको