गोदावरीको भीरबाट टेम्पो खसालेको घटना ५ लाखमा सल्टाइयो

Tuesday June 23, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीमा वनका कर्मचारीले टेम्पो धकेलेर भीरबाट खसालेको घटना पीडितलाई ५ लाख क्षतिपुर्ती दिने सर्तमा सल्टिएको छ। जिल्लाको गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्ग अन्तर्गत पर्ने बासपानीमा जेठ २९ गते दिउँसो डिभिजन वन कार्यालयका कर्मचारीले गोदावरीकै स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो भीरबाट धकेलेर खसालिदिएका थिए।
त्यसको भिडिओ सार्वजनिक भएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा। हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।
समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न समय सीमा तोकिएको थियो। जसको म्याद बुधबार सकिँदै छ। तर, त्यसपूर्व नै टेम्पो धनी पीडित धनादेवी धामीलाई ५ लाख क्षतिपूर्ती उपलब्ध गराउने सहमतिपछि विवाद सल्टिएको छानबिन समितिका संयोजक विष्टले जानकारी दिए।
पीडित धामीले भत्केका घर टहरा पुनर्निर्माण गरिदिनुपर्ने, आफूहरुलाई तत्काल होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गर्नुपर्ने र १० लाख क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग गर्दै आएकी थिइन्। तर,धामीलाई कानुनी प्रक्रिया, अतिक्रमण हटाउनु पर्ने कर्मचारीको दायित्व हुने बारे संझाइ बुझाइ गरेपछि उनी पाँच लाखमा विवाद सल्टाउन सहमत भएकी हुन्। तर, अतिक्रमण हटाउने नाममा केही कर्मचारी आवेग र उत्तेजनामा आइ अनावश्यक बल प्रयोग गर्ने जस्ता केही गल्ती भएको हुँदा क्षतिपूर्ति दिनु परेको कुरा उनलाई सम्झाइएको थियो।
त्यस्तै सवारीका लागि प्रयोग हुने टेम्पो त्यसरी सडक किनारमा राखेर व्यापार गर्दा यातायात व्यवस्था कार्यालय बाट ५ हजारसम्म जरिवाना हुन सक्ने कुरा पनि उनलाई अवगत गराइएको थियो।
घटना छानबिन गर्न बनेको समितिका संयोजक बिष्टका अनुसार छानविन समितिले डिभिजन वन कार्यालय, यातायात ब्यबस्था कार्यालय सोमबार बेलुकीपख मात्रै मागेको विवरणहरु उपलब्ध गराएका थिए।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको