दीपक भट्टसहित चार जनाविरुद्ध तीन वटा मुद्दा दायर

Thursday June 11, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : बैंकिङ कसुर अभियोगमा व्यापारीहरू शंकरलाल अग्रवाल, सुलभ अग्रवाल, साहिल अग्रवाल र दीपक भट्टविरुद्ध तीन वटा अदालतमा मुद्दा दायर भएको छ ।

उच्च सरकारी वकिल कार्यालयले बिहीवार शंकर समूहका अध्यक्ष शंकरलाल तथा उपाध्यक्षद्वय सुलभ र साहिल तथा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्टविरूद्ध ४२ करोड १४ लाख ८८ हजार ८०७ रूपैयाँ हानिनोक्सानी पुर्‌‌याएको दाबी गर्दै मुद्दा दायर गरेको हो । उनीहरूलाई जिल्ला अदालत काठमाडौं, विशेष अदालत काठमाडौं र उच्च अदालत पाटनमा बिगोसहित जरिवाना र कैद माग गर्दै मुद्दा दायर गरेको हो ।

विशेष अदालतका रजिस्ट्रार वेदप्रसाद उप्रेतीले उनीहरूविरुद्ध अभियोगपत्र दायर भएको बताए । जिल्ला अदालत काठमाडौंमा धितोपत्र र बीमा ऐनविरुद्धको कसूरमा दीपक भट्ट, सुलभ अग्रवालसहितलाई प्रतिवादी बनाइ मुद्दा दायर भएको छ । यसमा उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई पनि प्रतिवादी बनाइएको छ ।

प्रतिवादीमध्ये दीपक भट्ट र सुलभ हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा छन् । साहिल फरार छन् भने शंकरलाल अनुसन्धानकै क्रममा पक्राउपछि हाजिरी जमानीमा रिहा भएका हुन् । गोल्छा सर्वोच्च अदालतको आदेशले बन्दीप्रत्यक्षीकरण रिटमा छुटेका हुन् ।

बिहीबार नै उच्च अदालतमा मुद्दा दायर भएका प्रतिवादीसहित अन्यविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानका आधारमा विशेष सरकारी वकिल कार्यालयले नै अर्को मुद्दा विशेष अदालतमा दायर गरेको हो ।


भर्खर

डाक्टरहरूको आन्दोलनका कारण देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

नेपाल चिकित्सक संघको आह्वानमा आज मंगलबार देशभरका अधिकांश अस्पतालमा आकस्मिक (इमर्जेन्सी) बाहेकका सबै सेवा बन्द

चिकित्सकमाथिको हिंसाविरुद्ध, नेपाल चिकित्सक संघको प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र ,इमर्जेन्सी बाहेकका सेवा बन्द

नेपाल चिकित्सक संघ, सुदूरपश्चिम प्रदेश शाखाले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि बढ्दो हिंसा र असुरक्षाको विरोध गर्दै

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी