धनगढीको नवजीवन अस्पतालमा युवतीको मृत्युपछि तनाव

Wednesday June 3, 2026

पढ्न लाग्ने समय :


धनगढीः धनगढीको नवजीवन अस्पतालमा युवतीको मृत्यु भएपछि तनाव सुरु भएको छ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ बस्ने २२ वर्षीया सानु विकको उपचारका क्रममा गएराति मृत्यु भएपछि बिहानै देखि तनाव सुरु भएको हो। प्रहरीकाअनुसार टन्सिलसम्बन्धी समस्याको उपचारका लागि उनलाई नवजीवन अस्पताल भर्ना गरिएको थियो।

९ जेठमा शल्यक्रिया गरेर डिस्चार्ज भएर घर फर्किएकी बिकको स्वास्थ्य पुनः बिग्रिएको थियो। मुखबाट रगत बग्न थालेपछि मंगलबार फेरि उपचारका लागि अस्पताल ल्याइएको थियो। उनलाई आईसीयूमा राखेर उपचार भइरहेकोमा बुधवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्युपछि आफन्तले चिकित्सकको लापर्बाहीका कारण घटना भएको आरोप लगाउँदै अस्पताल परिसरमा विरोध जनाएका छन्। स्थिति नियन्त्रणमा लिन र सुरक्षा व्यवस्था कडा पार्न प्रहरी टोली परिचालन गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अस्पताल प्रशासन र पीडित पक्षका बिचमा छलफलसमेत जारी रहेको छ।

 


भर्खर

धनगढीको नवजीवन अस्पतालमा युवतीको मृत्युपछि तनाव

धनगढीः धनगढीको नवजीवन अस्पतालमा युवतीको मृत्यु भएपछि तनाव सुरु भएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका–११ बस्ने

कञ्चनपुरका स्थानीय तहको बेरुजु १३ करोडभन्दा बढी

कञ्चनपुर : नौ स्थानीय तह रहेका कञ्चनपुरमा आर्थिक वर्ष २०८१/८२ मा १३ करोड रुपियाँभन्दा बढी

अछाममा ‘रामारोशन स्काई रन–२०२६’ आयोजना हुने

काठमाडौँ : नेपाल एडभेन्चर रनिङ फेडरेसनले आगामी असार ३ गते सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र