भरुवा बन्दुकको छर्राले घाइते वडा सदस्य ऐरीको निधन

Saturday April 25, 2026

पढ्न लाग्ने समय :


बैतडी : भरुवा बन्दुक पड्किँदा घाइते भएका सूर्नया गाउँपालिका–२ का वडा सदस्य दानबहादुर ऐरीको उपचारका क्रममा निधन भएको छ ।
बुधबार आफ्नै भरुवा बन्दुकको छर्रा घाँटीमा लागेर गम्भीर घाइते भएका ४५ वर्षीय ऐरीलाई जिल्ला अस्पताल बैतडीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल पठाइएको थियो ।
अस्पतालमा चिकित्सकहरूले उपचार सम्भव नभएको बताएपछि उनलाई घर फर्काउने क्रममा शुक्रवार बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए।
घटनापछि स्थानीयवासी शोकमा डुबेका छन् । ऐरी सक्रिय जनप्रतिनिधिका रूपमा परिचित छन र गाउँस्तरका विकास तथा सामाजिक कार्यमा उनको महत्वपूर्ण भूमिका रहेको स्थानीयले बताएका छन् । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट वडा सदस्यमा निर्वाचित ऐरीको असामयिक निधनप्रति गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दल तथा स्थानीयवासीले गहिरो दुःख व्यक्त गरेका छन् ।
उनको निधनले गाउँपालिकाले एक सक्रिय र अनुभवी जनप्रतिनिधि गुमाएको प्रतिक्रिया दिइएको छ ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ