कैलालीको गोदावरी–१२ को वडा कार्यालय भवनको उद्घाटन

Monday April 20, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ को वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । सोमवार गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले वडा कार्यालय भवनको उद्घाटन गरेका हुन ।

उद्घाटन कार्यक्रममा बोल्दै उनले नगरपालिकाले आफूले २०७९ मै सबै वडाका भवन बनाउन खोजेको भए पनि ढिलो भएकोमा दुःखित भएको बताए । उनले नगरपालिका सँग आफ्नो जमिन नभएका कारण भवन निर्माणमा ढिलाइ भएको बताए ।

‘अहिले वडा कार्यालय भवन निर्माणका लागि जग्गादाता पाएपछि यो भवन निर्माण सुरु भएको थियो’ उनले भने ‘नगरपालिकाको विकासका लागि यसरी नै सबैको हातेमालो आवश्यक छ ।’

उनले गोदावरीको वडा नम्बर १० र २ मा केही दिनमा वडा कार्यालय भवनको निर्माण सुरु गर्ने तयारी गरिएको बताउँदै वडा न ३ मा भवन निर्माणाधीन अवस्थामा रहेको बताए । उनले वडा नम्बर ६ मा जमिनको समस्याका कारण भवन बनाउन समस्या भएको बताए । उनले भवन निर्माण कम्पनीले निर्माण अवधि अगाडि काम सम्पन्न गरेकोमा धन्यावाद ज्ञापन गरे ।

वडाध्यक्ष भीम बहादुर खड्काले आजको दिन वडाका लागि खुसीको कुरा भएको बताए। उनले भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउन नसक्दा ढिलाइ भएको बताउँदै हाल जग्गा उपलब्ध भएपछि सहज रूपमा भवन बनाउन सहज भएको बताए ।

उनले जग्गा दान गरेर सहयोग गर्ने शेर बहादुर लुहार विक र प्रेम बहादुर बडैलालाई धन्यावाद ज्ञापन गर्दै भवन निर्माण अवधि अघि निर्माण सम्पन्न गर्ने उप्रेती बिल्डर्सलाई पनि धन्यावाद ज्ञापन गरे । उनले भवन निर्माण भए पनि वडाका दैनिक कामकाज गर्न निकै सहज भएको बताए ।

उक्त भवन निर्माणका लागि उप्रेती बिल्डर्स एण्ड इन्जिनियर्स प्रालि सँग भ्याटसहित ६२ लाख ६५ हजार २८३ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । भवन निर्माणको म्याद असार मसान्त सम्म भए पनि निर्माण अवधि अघि नै काम सम्पन्न गरिएपछि सञ्चालनमा आएको हो ।

कार्यक्रममा भवन निर्माणका लागि निःशुल्क जग्गा दान गर्ने शेर बहादुर लुहार विक र प्रेम बहादुर बडैलालाई दोसल्ला उडाएर सम्मानित गरिएको थियो । भवन निर्माणका लागि जग्गा दान गर्ने दाताहरूको नाम भवन अघिको निर्माण गरिएको शिलालेखमा समेत उल्लेख गरिएको छ ।

 


भर्खर

कैलालीको गोदावरी–१२ को वडा कार्यालय भवनको उद्घाटन

धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ को वडा कार्यालय भवनको उद्घाटन गरिएको छ

तराईमा ह्वात्तै बढ्यो गर्मी

काठमाडौं : देशका तराई क्षेत्रहरूमा गर्मी अत्यधिक बढ्ने संकेत देखिएको छ । जल तथा मौसम

गृहमन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न माग

काठमाडौँ : गृहमन्त्री सुदन गुरुङलाई पदबाट बर्खास्त गरेर पक्राउ गर्न माग गरेको छ । मन्त्री