कञ्चनपुरमा जुवा खेलिरहेका ७ जना पक्राउ

Monday April 13, 2026

पढ्न लाग्ने समय :


कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक चिया पसलबाट ७ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।

आइतवार बेलुकी सोही स्थानका पदमराज पन्तले सञ्चालन गरेको चिया पसलमा जुवातास भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो।

प्रहरीले पसल सञ्चालक पदमराज पन्तसहित ७ जनालाई नगद ३६ हजार ४४२ रुपैयाँ र एक गड्डी ताससहित पक्राउ गरेको जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


भर्खर

धनगढीमा दुई दिने विकास पत्रकारिता तालिम

धनगढी : कैलालीको धनगढीमा विकास पत्रकारिता तालिम आजदेखि सुरु भएको छ। आन्तरिक मामिला तथा कानुन

करेन्ट लागेर ७ वर्षीया बालिकाको मृत्यु

कैलालीः गोदावरी नगरपालिका–३ स्थित नवज्योति आधारभूत विद्यालय परिसरमा विद्युतको नाङ्गो तारबाट करेन्ट लागेर ७ वर्षीया

प्रहरी सहायक निरीक्षक पाध्या सम्मानित

धनगढी :  प्रहरी सहायक निरीक्षक सुभाषकुमार पाध्या सम्मानित भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय, दोलखामा