कञ्चनपुर कारागारबाट १६ केदीबन्दी स्थानान्तरण

Friday April 10, 2026

पढ्न लाग्ने समय :


महेन्द्रनगरः महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण गरिएको छ ।

बुधवार कञ्चनपुर कारागारभित्र दुई समूहबिच झडप हुँदा पाँच कैदीबन्दी घाइते भएका थिए । त्यसपछि कारागार प्रशासनले कैदीबन्दीलाई नौबस्ता कारागार स्थानान्तरण गरेको हो ।

केही समयअघि कैदीबन्दीबीच झडप हुँदा जिल्ला प्रशासन कार्यालयले यहाँबाट २० कैदीबन्दी स्थानान्तरण गर्न खोजेको थियो । स्थानान्तरणको तयारी गर्दा कारागारको परिस्थिति असहज बनेपछि तत्काल स्थानान्तरण टरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विरेन्द्र सिंह थापाले कैदीबन्दी स्थानान्तरण गर्न आवश्यक भएको बताए । आपसी मनमुटावको विषयमा दुई पक्षबिच झडप हुँदा घाइते भएका र अन्यलाई स्थानान्तरण गरिएको हो ।

गत पुसमा पनि कारागारमा झडप हुँदा नौ कैदीबन्दीलाई स्थानान्तरण गरिएको थियो ।

 


भर्खर

बाजुराको खप्तड छेडेदह–६ का वडाध्यक्षको निधन

बाजुरा : खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको उमेरमा बुधबार राति निधन

‘रामराज्यको चाहना राख्नेहरूले पनि नैतिक साहस देखाउनुपर्छ’

काठमाडौं : गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङले आफ्नोतर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको बताएका छन्

प्रदेश र स्थानीय तहको निर्वाचन तत्काल गर्न मुख्यमन्त्री शाहको माग

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश र स्थानीय तहको निर्वाचन तत्काल गर्न माग