दार्चुलाको दुम्लिङमा हर्क साम्पाङले गरे झोलुङ्गे पुलको शिलान्यास

Wednesday April 8, 2026

पढ्न लाग्ने समय :


धनगढी : प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दार्चुला पुगेर पुलको शिलान्यास गरेका छन् । उनले ब्यास गाउँपालिका–२ स्थित दुम्लिङमा रहेको घट्टेखोलामा झोलुङ्गे पुलको शिलान्यास गरेका हुन् ।
नेपाल–भारत सीमा नदी महाकालीमा पुल निर्माणको चर्चा भइरहेकोमा सीमा नजिकै रहेको खोलामा पुलको शिलान्यास गरिएको हो । श्रमदान गरेरै पुल निर्माण गर्ने योजना रहेको साम्पाङको टिमले बताउँदै आएको छ ।
महाकाली नदीमा नभएर घट्टे खोलामा पुलको शिलान्यास गरिएको ब्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताए । ’त्यो खोलाभन्दा केही सय मिटर टाढा महाकाली नदी छ,झ शिलान्यासमा पुगेका धामीले भने ।
उक्त खोलामा यसअघि काठे पुल रहेको बताइएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले पनि नेपालको आन्तरिक खोलामै पुल निर्माणको शिलान्यास गरिएको बताए ।
पुल शिलान्यास कार्यक्रममा दार्चुलावासीका पीडा सुनेर साम्पाङ भक्कानिएका थिए । उनले आफू पार्टी विस्तारका लागि नभई दार्चुलावासीलाई राहत दिन पुल निर्माण गर्न लागेको बताए । ’यहाँका समस्या समाधानका लागि आवाज पनि उठाउने छु,झ उनले भने ।


भर्खर

गुर्गी सिँचाइ आयोजना निर्माणको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडी गोरुगाडा प्रदर्शन गरिने

धनगढीः कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कास्थित कटैनी नदीमा आधारित गुर्गी सिँचाइ योजना क्षेत्रकै पुरानो र महत्वपूर्ण

बैतडीमा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

बैतडी : बैतडीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य

धनगढीमा मरेको कुकुर हेर्न गएका चौधरीको मृत्यु, एकै परिवारका चार जना पक्राउ

धनगढी : धनगढीमा छिमेकीको घरमा मरेको कुकुर हेर्न गएका एक व्यक्तिको मृत्यु भएको घटनामा प्रहरीले