सभामुख पदमा डीपी अर्यालको उम्मेदवारी
पढ्न लाग्ने समय :
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गरेका छन।
सभामुख पदका लागि शुक्रवार उम्मेदवारी दर्ता भएको छ भने निर्वाचन चैत २२ गते गर्ने तालिका छ । सङ्घीय संसद सचिवालयका अनुसार आज बिहान ११ देखि दिउँसो २ बजेसम्म सभामुख पदको उम्मेदवारी दर्ताको समय तोकिएको छ । लगत्तै २ः३० बजे उम्मेदवारको सूची प्रकाशित हुनेछ ।
२२ गते बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्नेछन् । उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल सकिएपछि निर्णयार्थ प्रस्तुत हुने कार्यसूची छ ।
यसअघि रास्वपाको बिहीबार बसेको बैठकले सभामुख पदमा अर्याललाई अघि सार्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार अर्यालले आज सभामुख पदका लागि उम्मेदवारी दर्ता गरेका हुन।
हाल सभामुख नहुँदा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्दै आइरहेका छन।
सभामुख पदको निर्वाचनपछि चैत २३ गते राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि निर्वाचन हुने छ । त्यसका लागि चैत २२ गते मनोनयन दर्ताको कार्यक्रम छ ।
यसअघि उपाध्यक्ष विमला घिमिरेको कार्यकाल २० फागुनमा सकिएकाले हाल राष्ट्रिय सभा उपाध्यक्ष पद रिक्त छ ।