धनगढीको मालपोत र यातायात कार्यालयबाट १२ जना पक्राउ

Thursday April 2, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीमा बिचौलियाको भूमिका खेलेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय धनगढी बाहिर अनुमति बिना लेखापढी व्यवसाय गर्दै बिचौलियाको भूमिका खेलेको भन्दै उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले यातायात व्यवस्था कार्यालयबाट ६ र मालपोत कार्यालय बाहिरबाट ६ जनालाई नियन्त्रणमा लिइएको बताए ।

उनकाअनुसार मालपोत कार्यालय बाहिर अनुमति बिना लेखापढी गरेको पाइएपछि ६ जना पक्राउ परेका हुन् भने यातायात व्यवस्था कार्यालय बाहिर बिचौलियाको भूमिका खेल्ने गरेको गुनासोका आधारमा ६ जनालाई नियन्त्रणमा लिइएको हो ।

सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


भर्खर

धनगढीमा गाँजासहित पाँच जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर

कञ्चनपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनगढी : कञ्चनपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा युवकको मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदनी

युएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ : दीपेन्द्रसिंह ऐरीको शतकसँगै नेपालले आइसिसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई) माथि