दार्चुलामा १२ वर्षमा पनि बनेन अस्पताल भवन

Monday March 30, 2026

पढ्न लाग्ने समय :


ढदार्चुला:  दैनिक दुई सय जनाभन्दा बढी बिरामीलाई सेवा दिँदै आएको जिल्ला अस्पताल दार्चुलामा भवन नहुँदा सेवा प्रवाह तथा उपचारमा समस्या परेको छ। बिरामीलाई सहज रूपमा सेवा दिन सुविधायुक्त अस्पतालको भवन निर्माण भइरहेको भए पनि निर्माणको कामले खासै गति नलिँदा विगत १२ वर्षदेखि यहाँको अस्पतालले समस्या झेलिरहनु परेको छ ।

२०७० असारमा महाकाली नदीमा आएको बाढीले अस्पतालको जग्गा बगाएर भवनमा समेत क्षति पु¥याएपछि अस्पतालमा भवनको अभाव हुँदै आएको छ।

जिल्ला अस्पताल दार्चुलाका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट रवीन्द्र भट्टराईका अनुसार भवन नहुँदा अन्तरङ्ग सेवा सञ्चालनमा समस्या सिर्जना भएको छ । उनले दैनिक रूपमा आउने बिरामीका लागि बेडको समेत कमी रहेको बताए । उनले भने, “भवन अभाव हुँदा फिजियोथेरापी, ओपिडी सेवा, ल्याब सञ्चालनमा निकै समस्या परेको छ। अस्पतालमा दक्ष जनशक्ति भए पनि उहाँलाई सही रूपमा परिचालन गरी गुणस्तरीय सेवा प्रदान गर्न सकिएको छैन।”

उनले अस्पतालमा भवन नहुँदा समस्या भएको विषयलाई बेला बेला जिल्लाका सरोकारवालासँग छलफल गरेर प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको पनि बताए। भवन अभावमा साँघुरो कोठामा सञ्चालन गरिएको अन्तरङ्ग सेवाले बिरामीमा सङ्क्रमणजन्य रोग फैलिन सक्ने जोखिम बढाएको उनको भनाइ छ।

 


भर्खर

अछाममा ‘रामारोशन स्काई रन–२०२६’ आयोजना हुने

काठमाडौँ : नेपाल एडभेन्चर रनिङ फेडरेसनले आगामी असार ३ गते सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको पद फेरि जोगियो

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको पद तत्कालका लागि जोगिएको छ । अविश्वासको प्रस्तावमा हस्ताक्षर

सुदूरपश्चिम सरकार ‘मुख्यमन्त्री लघु उद्यम कार्यक्रम’ सञ्चालन गर्ने

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका ६ ओटा स्थानीय तहमा मुख्यमन्त्री लघु उद्यम कार्यक्रम सञ्चालन गर्ने