सुदूरपश्चिमको मन्त्रीपरिषद्को बैठक एमालेले गर्यो बहिष्कार

Friday March 27, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले गरिरहेको राजनीतिक नियुक्तिलाई लिएर सरकारभित्र खटपट सुरु भएको छ।

राजनीतिक नियुक्तिको विषयमा विवाद भएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) का मन्त्रीहरूले आज मन्त्रीपरिषद् बैठक बहिस्कार गरेका छन्।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की बैठक सुरु हुनुअघि मुख्यमन्त्री कार्यालय पुगेका थिए। तर, बैठक सुरु हुनुअघि नै उनी बाहिरिएका थिए। त्यस्तै, एमालेका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल पनि बैठकमा सहभागी भएनन्।

जिल्ला अस्पतालहरूको अध्यक्ष नियुक्तिमा भागबन्डा नमिल्दा विवाद चर्किएको बताइएको छ। यही विषयमा असन्तुष्टि जनाउँदै एमालेका मन्त्रीहरूले बैठक बहिस्कार गरेका हुन्।

एमालेका मन्त्रीहरू अनुपस्थित भएपछि बैठकमा कमल बहादुर शाह (मुख्यमन्त्री), बहादुरसिंह थापा (आर्थिक मामिला मन्त्री)र मेघराज खड्का (सामाजिक विकास मन्त्री) मात्र सहभागी भएका थिए।

उक्त बैठकले विभिन्न जिल्ला अस्पतालहरूमा अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ।विभिन्न राजनीतिक नियुक्तिमा कुरा नमिलेपछि आफूहरू बैठकमा नभएको एमालेका एक मन्त्रीले जानकारी दिए ।

टिकापुर अस्पताल व्यवस्थापन समितिको अध्यक्षको विषयमा सबैभन्दा धेरै विवाद भएको थियो। उक्त अस्पतालमा एमालेले आफ्नो अध्यक्ष हुनुपर्ने अडान लिएको थियो भने काँग्रेसले आफू निकटकालाई अध्यक्षमा नियुक्त गर्ने तयारी गरेको थियो । त्यो विवादको समाधान नभएपछि अन्ततः काँग्रेसले राम बहादुर भण्डारीलाई मनोनयन गर्ने जनाएपछि एमालेका मन्त्रीहरू बैठकमा नबस्ने जनाएका हुन्।

 


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको